कास्की प्रहरीले बालविवाह मुद्धामा फरार रहेका २ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ बस्ने सरस्वरी विक.भन्ने बुद्धिसरा विक र बिनिता सुनार छन् ।प्रहरीका अनुसार जिल्ला अदालतले २०७९ माघ २५ गते बलविवाह मुद्धामा ३ महिना कैद, २ हजार ५ सय रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ तिराउने फैसला गरेको थियो ।
सोही फैसलापछि उनीहरु फरार भएका थिए । उनीहरुलाई बुधबार पोखराको हरिचोकबाट पक्राउ गरिएको हो । उनीहरुको २ महिना १८ दिन कैद सजाय र तोकिएको जरिवाना भुक्तान नभएपछि उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।पक्राउ परेका दुवै जनालाई कैद सजाय भुक्तान र जरिवाना अशुलीका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।