कपा -एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।
बैठकमा नयाँ गठबन्धमा सहभागी हुने नहुनेबारेमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।