एक्लै बहुमत ल्याउनुपर्नेछ, पार्टीका सबै एक भएर लागौं: देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक रहेको बताएका छन्।

आज काठमाडौं निर्वाचन क्षेत्र नं २ मा पार्टीको क्षेत्रीय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै उनले सबैलाई आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न आह्वान गरे।

उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी तयारी गर्न र त्यसतर्फ एकजुट भइ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

‘आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी काम गर्नु अहिलेको आवश्यकता हो, त्यसतर्फ पार्टीका सबै साथीहरु एक भएर लाग्नुपर्छ । आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न जरुरी छ,’ उनले भने, ‘घात अन्तर्घात नगरी पार्टी निर्माणमा सबै एकजुट हौं।’

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।