गोरखामा १२ वर्षकी नाबालिकामाथि करणी, ६० वर्षका बुद्धिमान पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 जिल्ला प्रहरी कार्यालय गोरखाले नाबालिग करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँवपालिका वडा नं. ४ सौरपानी घुन्चोकका ६० वर्षीय बुद्धिमान बिक रहेका छन् ।

प्रहरीले सार्वजनिक गरेको विज्ञप्ति अनुसार आरोपित विकले फागुन २ गते राति करिब ८ बजे १२ वर्षकी नाबालिगलाई डरत्रास देखाएर जबरजस्ती करणी गरेका थिए ।

घटनापछि पीडितका बाबुले जाहेरी दिएपछि प्रहरीले फागुन ४ गते विकलाई पक्राउ गरेको थियो ।

उनीविरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।