‘कार्साङ’को स्क्रिप्ट पूजा गर्दै हिरोइन घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्क, सुरक्षा पन्त लगायतको अभिनय रहने फिल्म हो ‘कार्साङ’ । फिल्मको स्क्रिप्ट पूजा गर्दै नव अभिनेत्री समेत घोषणा गरिएको छ । निर्माण युनिटले अभिनेत्रीको रुपमा सृजना निङ्लेकुलाई डेब्यु गराउन लागेको हो ।

यार्सा फिल्मसको प्रस्तुतिमा यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस फिल्म यम शेर्पाले निर्देशन गर्न लागेका हुन् । 

फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, छिरिङ शेर्पा, सम्राट् क्षेत्री, छुकी शेर्पा र कर्मा शेर्पाको समेत अभिनय रहने छ । यम शेर्पाले यसै पिःल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । शेर्पाले थुप्रै छोटा फिल्मको निर्देशन गरेका छन् ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।