कोरियाको उत्पादन क्षेत्रतर्फ परीक्षामा एक लाख ६३ हजार सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार परीक्षा भैंसेपाटीमा दैनिक पाँच सिफ्टमा हुनेछ।

प्रत्येक सिफ्टमा २०० जना परीक्षार्थी सहभागी हुनेछन्। एचआरडी सर्भिस अफ कोरियाको प्रत्यक्ष निगरानीमा दैनिक एक हजार जनाको परीक्षा लिइने शाखाले जनाएको छ।

आफ्नो परीक्षा कुन दिन कुन सिफ्टमा पर्छ भन्ने जानकारीका लागि इपिएश कोरिया शाखाको वेबसाइट हेर्नुपर्नेछ। परीक्षा सञ्चालन हुनु कम्तीमा एक घण्टाअघि बायोमेट्रिक भेरिफिकेसनका लागि परीक्षा केन्द्रमा अनिवार्य पुग्नुपर्नेछ।

बायोमेट्रिक भेरिफिकेसनपछि परीक्षा हुनुभन्दा ३० मिनेटअघि परीक्षा सम्बन्धी जानकारीमूलक भिडियो देखाइनेछ।

उत्पादन क्षेत्रतर्फको परीक्षा विभिन्न तीन चरणमा हुनेछ। शाखाका अनुसार पहिलो चरणमा ४७ हजार ५१९ जना सहभागी हुनेछन्। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।