कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट १२ प्रतिशतले कम हुने संशोधित अनुमान गरेको छ । यद्यपि संघ सरकारले अनुदान कटौती हुनसक्ने बताएको कारण संशोधित अनुमान अझै कम हुनसक्ने प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ । ‘अर्धवार्षिक समीक्षा भइसकेको छ । प्रतिवेदन प्रकाशन गर्न मात्रै बाँकी छ । प्रकाशनको चरणमा छ,’ अर्थमन्त्रालय स्रोतले भन्यो, ‘एक दुई दिनमा प्रकाशत हुन्छ । मुख्यमन्त्रीज्यूले यसको सार्वजनिक गर्नुहुनेछ ।’
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।