लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने २ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१७ सोह्रखुट्टे बस्ने २६ वर्षीय मोहमद फाजिल र दक्षिणकाली नगरपालिका-३ घर भई ललितपुर महानगरपालिका-१३ बस्ने २७ वर्षीय शालोम सादा लेप्चा जैसी रहेका छन् ।

इन्स्ट्राग्राम मार्फत Sweetbakery_np नामक एकाउन्ट  बनाई गाँजा प्रयोग गरी केक र कुकिज बनाई बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

उनीहरूले ललितपुर महानगरपालिका-१३ स्थित एकान्त कुनामा घर भाडा लिई प्रयोग गर्दै आइरहेको कोठाबाट गाँजा १ किलो १ सय ग्राम, डाँठसहितको गाँजा १ किलो ५ सय ६८ ग्राम, केक १ किलो ९ सय ग्राम, बटर ९ सय ग्राम, कुकिज १ किलो ३ सय २४ ग्राम, माईक्रोओभन १ थान, डिजिटल तराजु १ थान, बेकिङ पाउडर, चक्लेटको फ्लेभर लगायतका विभिन्न सामग्रीहरू समेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।