च्याम्पियन्स लिगमा बायर्न म्युनिख लाजियोसँग पराजित भएको छ।गएराति भएको लिगको अन्तिम १६ अन्तर्गतको पहिलो लेगमा बायर्न लाजियोसँग स्तब्ध भएको हो।
६७ औं मिनेटमा डेयट उपमेकानोले रातो कार्ड खाएर मैदान बाहिरिएपछि बायर्न १० खेलाडीमा सिमित भएको थियो।
त्यसपछि लाजियोले ६९ औं मिनेटमा पेनाल्टीबाट गरेको गोल खेलमा निर्णायक बनेको हो।
६९ औं मिनेटमा सिरो इमोबिलले पेनाल्टीमार्फत गोल गरेका थिए। लाजियो र बायर्नबीचको दोस्रो लेग मार्च ६ मा हुनेछ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।