माओवादी केन्द्रको विधान अधिवेशन : आज बाँकी सात समूहले सुझाव पेस गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गरेकामध्ये सात समूहले आज सुझाव पेस गर्ने भएका छन् । यसअघि हिजो विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको थियो । बैठक बिहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा बस्नेछ ।

सुझाव पेस गर्ने क्रममा महाधिवेशन प्रतिनिधिहरु पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने, शहीद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने, पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्ने विषयहरु उठान भएका छन् । 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।