मधेशसँग अनुभव साट्दै गण्डकी प्रदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अन्तर प्रदेश अनुभव अदानप्रदान कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशले मधेश प्रदेशसँग आफ्नो अनुभव साटासाट गरेको छ । जनकपुरधाममा आयोजित कार्यक्रम कार्यक्रममा गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण प्रसाद धितालले प्रदेश बिचको कार्यक्रमले सङ्घीयतालाई बलियो बनाउने बताउनुभएको छ । प्रदेश सन्चालनको लागी अवश्यक पर्ने एन कानुन, सन्चालनमा भएका समस्या, प्रदेश सभाले खेल्नुपर्ने भुमीकाबारे थप प्रष्ट हुन यस प्रकारका कार्यक्रमले मद्दत गर्ने उहाँको भनाई थियो । गण्डकी प्रदेशमा भएका गतिविधी र देखिएका समस्या बारे बृहत छलफल गरि प्रदेश सभाको काम कारबाही लाई थप सहज बनाउन यस्ता कार्यक्रमले मद्दत पुग्ने विश्वास उहाँले गर्नुभयो ।  मधेश प्रदेशबाट गण्डकी प्रदेशले सिक्ने कुराहरु धेरै रहेकोले यहाँ प्रयोग भएका विधि र पद्दती आफ्नो प्रदेशका लागि अनुकरणीय हुने अपेक्षा गर्नुभयो । सिक्ने कुराहरु कहिल्यै पुरानो नहुने र निरन्तर नयाँ कुराहरु थपिने हुँदा यो कार्यक्रमको निरन्तरता हुन जरुरी रहेको बताउनुभयो । धार्मिक पीठहरुको केन्द्र भएकाले मधेश प्रदेश पर्यटकीय रुपमा पनि धनि छ भन्दै उहाँले भन्नुभयो, कृषीको रुपमा यो प्रदेश अन्नभण्डार भएको र छिमेकी देश भारतसङ्ग सिमाना नजिकै रहेकाले पनि बजारको समस्यामा पनि छैन, कृषीको क्षेत्रबाट पनि प्रदेशले विकासको गति लिन सक्छ ।

मधेश प्रदेशका सभामुख माननीय रामचन्द्र मण्डलले गण्डकी प्रदेशसंग सहकार्यको लागि मधेश सधै तयार रहेको बताउनुभयो । हामीले सुन्दर सन्सार बनाउन रचनात्मक सोच राख्नुपर्ने बताउँदै मण्डलले भन्नुभयो, एउटाको रचनात्मक काम अर्कोलाई प्ररणाको स्रोत हुन सक्ने भएकाले प्रदेश बीचको सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा गर्नुभयो । यस प्रदेशमा देखिएका समस्याहरुलाई देखाएर सल्लाह सुझाब दिन सबैमा अग्रह गर्नुभयो । एक प्रदेशले अर्को प्रदेशलाई आफ्नो सोच्ने हो भने समग्र देशको समुन्नतीमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश उपसभामुख माननीय बिना कुमारी थापाले मधेश प्रदेशको भ्रमणले थप उर्जा बढाएको बताउनुभयो । यहाँको बस्तुस्थिती हेर्दा मधेश प्रदेश समुन्नतीको पथमा रहेको बताउनुभयो । प्रदेशका धेरै कुराहरुमा समानता हुने भएपनी भौगोलिक अवस्थताका कारण कतिपय कुराहरु सिक्ने र सिकाउने कुराहरु हुने गरेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सभा सचिवालयका सचिव हरिराज पोख्रेलले मधेश प्रदेश सभाका पदाधिकारीहरुलाई गण्डकी प्रदेशमा छिट्टै स्वागत गर्न आतुर रहेको बताउनुभयो । सबैको एउटै लक्ष्य समृद्द प्रदेश बनाउने भएकाले मिलेर काम गर्न अग्रह गर्नुभयो ।

कार्यक्रमलाई मधेश प्रदेश उपसभामुख बबिता कुमारी राउतले स्वागत मन्तब्य राख्दै भ्रमण सहित अनुभव आदान प्रदान कार्यक्रमलाई सक्रियता पूर्वक अगाडी बढाउन र आपसी सदभाव बढाउन प्रयासरत रहन आग्रह गर्नुभयो । मधेश प्रदेशका निमत्त सचिव अरुण कुमार झाले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।