मेलम्ची खानेपानी आयोजनामा कसलाई कति भ्रष्टाचारको आरोप?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै तीन पूर्व सचिवसहित १५ जना र दुई वटा कम्पनीविरूद्ध मुद्दा दायर गरेको छ। 

आइतबार विशेष अदालतमा पूर्वसचिव भीम उपाध्यायसहित १५ जना र दुई वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि रेग्मीले जानकारी दिए। 

निर्माण व्यवसायी कम्पनी र ठेकेदार परामर्शदाता कम्पनी विरूद्ध पनि मुद्दा दायर भएको हो।

आयोजनाको निर्माण व्यवसायी 'सिएमसी दी रभिना'लाई काम नै नगरी रकम भुक्तानी गरेको भन्ने उजुरी थियो।

अघिल्लो निर्माण कम्पनीले छाडेर गएको मेशिन तथा अन्य सामग्री  'सिएमसी दी रभिना'ले प्रयोग गरेबापतको भाडा  कट्टा नगरी भुक्तानी गरेको र पछिल्लो बिलबाट समायोजन गर्ने भनिएको बढी भुक्तानी रकम पछाडिका बिलमा समायोजन नगरेको भन्ने  उजुरीमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको खुलेको अख्तियारले जनाएको छ।

उक्त निवेदनमाथि अनुसन्धान गर्दा पाँचवर्षसम्म अनियमित तरिकाले भुक्तानी गरेको पाइएपछि अख्तियारले आइतबार १५ जना र दुई वटा कम्पनीविरूद्ध मुद्दा दायर गरेको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।