मन्दिर बनाउन अमेरिकामा तीन सफल गोर्खाली व्यवसायीद्धारा करोडौं दान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अमेरीकाको बाल्टिमोरमा बनाउन लागिएको हिन्दुबुद्ध मन्दिरका लागी तीन जना गोरखाली व्यवसायीहरुले फेरी एक करोड भन्दाबढी दान गरेका छन् । अमेरीकाको मेरील्याण्ड बस्दै आएका गोरखा जिल्ला बोर्लाङ घर भएका अपार श्रेष्ठले ५० हजार ५ सय ५५ डलर, तान्द्राङ ओख्ले घर भएका रमेश भट्टले ३० हजार  ५ सय ५५ डलर डलर र तुलसी अम्गाईले ५ हजार पाँच डलर गरी कुल ८६ हजार एक सय पन्ध्र डलर (नेपाली रु एक करोड १४ हजार) आर्थिक सहयोग गरेका छन् । चर्चित कथावाचक पं. दिलबन्धु पोख्रेलको मुखराविन्दुबाट कथाबाचन सहित अमेरीकाको मेरिल्याण्डमा आध्यात्मीक महोत्सव चलिरहेको छ । उक्त महोत्सवमा अमेरीकामा रहेर व्यवसाय गरिरहेका सफल व्यक्तित्वबाट उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
अपार श्रेष्ठ गोरखाको भिमसेनथापा गाउँपालिका बोर्लाङमा जन्मिएका हुन् । १८ बर्ष अघि अमेरिका गएका उनी हाल गोरखा समाज अमेरिका मेरिल्याण्ड राज्यको अध्यक्ष समेत हुन् । अमेरिकामै उनले माउण्ट एभरेष्ट ग्रोसरी संचालनमा ल्याएका छन् । जहाँ सयौंैंंले रोजगारी पाएका छन् । उनी एभरेष्ट इन्टरटेन्मेण्टका सिईओ पनि हुन् जुन कम्पनीले मनोरंजनका विविध सामाग्रीहरु उत्पादन गरिरहेको छ । सामाजिक सेवामा सक्रिय श्रेष्ठले आफ्नो गाउँ बोर्लाङ लगायत नेपालका धेरै ठाउँहरुमा पनि आर्थिक सहायता दिएका छन् । उनका सहयोगका कारण धेरैका जिवन चलेका छन्, धेरैले सफलता हासिल गरेका छन् ।
रमेश भट्ट अमेरिका गएको १६ बर्ष भयो । उनी गोरखाको तान्द्राङ ओख्लेका बासिन्दा हुन् । अमेरिकामा रियल स्टेटको व्यवसायीक कारोबार सुरु गरेका रमेशले धेरै नेपालीहरुलाई रोजगार दिनुका साथै अमेरिकामै घर बनाउन र बसोबास सहज बनाउन ठूलो भूमीका खेलेका छन् । रियल स्टेट र ग्याँस स्टेशन मार्फत धेरैलाई रोजगारी दिएका रमेशले आफ्नो जन्मठाउँमा पनि थुप्रै सामाजिक काम गरेका छन् । सामाजिक कार्य भनेपनि हुरुक्कै हुने रमेश अमेरिकमा समेत सामाजिक रुपमा लाग्दै राजनीति पनि गर्छन् । हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाका संयोजक हुन् भने गोरखा अमेरिका समाजका महासचिव समेत हुन् ।
मध्यमवर्गिय परिवारमा जन्मिएका तुलसी प्रसाद अंगाई डिभी भिसामा अमेरिका पुगेका हुन् । हाल गोरखा अमेरिका समाजका  उपाध्यक्ष समेत उनी मेरिल्याण्डमै आफ्नै व्यवसायमा संलग्न छन् । अमेरिका गएको छोटो समयमै उनले व्यसायिक सफलता हासिल गरे । गाउँ ठाउँमा पर्दा आर्थिक देखी नैतिक सहयोग सम्म गर्ने उनी नेपाली समाजको विकास र उन्नतीमा खुलेरै लागेका छन् ।
माथी उल्लेखित तीनै जना सफल व्यवसायीहरु एक उदाहरणमात्र हुन् । गोरखामा जन्मिएर अमेरिकामा सफल व्यवसाय गर्दै समाज र राष्ट्रका लागी सधै लागिरहने यस्ता व्यक्तिहरुको थप व्ययवसायिक सफलताको हामी कामना गर्दछौं ।  

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।