नेकपा (एकीकृत समाजवादी) का नेता गुरुङलाई अन्तर्राष्ट्रिय मेडल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रसियन कम्युनिस्ट पार्टीका अध्यक्ष सर्गेई मालिन्कोविचले नेकपा (एकीकृत समाजवादी) का नेता तुल बहादुर गुरुङलाई अन्तर्राष्ट्रिय मेडल प्रदान गरेका छन् । रुसी अक्टोबर समाजवादी क्रान्तिका नेता भ्लादिमिर लेनिनको तस्बिर अङ्कित उक्त मेडल रसियन कम्युनिस्ट पार्टीले समाजवादी आन्दोलनमा योगदान पुर्‍याएका कम्युनिस्ट नेतालाई प्रदान गर्ने गरिन्छ । 

संविधान सभा सदस्य, पूर्व मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता गुरुङलाई मेडल प्रदान गर्दै अध्यक्ष मालिन्कोविचले विश्वभर कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्दै अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो। नेकपा (एकीकृत समाजवादी) को निमन्त्रणामा नेपाल आएका अध्यक्ष मालिन्कोविचले पोखराको भ्रमण गर्नुभएको छ । 

पोखरा भ्रमणका क्रममा उनले नेकपा (एकीकृत समाजवादी) को कास्की जिल्ला कमिटीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाएका छन् । सो अवसरमा एक अर्काका अनुभवहरू आदान प्रदान गरिएको छ । अध्यक्ष मालिन्कोविचको टोलीमा रसिया ब्रायन्स्क क्षेत्र प्रमुख एलेना डेगटियारेवा र पार्टी नेता एन्ड्राइ इस्तुपीन पनि सहभागी थिए ।

पोखरामा रसियन कम्युनिस्ट पार्टीका नेताहरूलाई नेकपा (एकीकृत समाजवादी) सचिव श्रीनाथ बराल, पार्टीका पोलिटब्युरो सदस्य एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, एकीकृत समाजवादीका नेता तुल बहादुर गुरुङ, केन्द्रीय सदस्यहरू कृष्ण नेपाली, सिता पौडेल, रत्ना गुरुङ, शर्मिला पौडेल, जिल्ला अध्यक्ष खड्ग हमाल लगायत नेता तथा कार्यकर्ताहरूले स्वागत सहित साक्षात्कार गरेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।