हेटौँडा । बागमती प्रदेश सरकारको लगानीमा हेटौंडामा निर्माण भएको पाउडर दूध (धुलो दूध) उत्पादन उद्योग संचालनमा अन्योल देखिएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सो मातहतको प्रदेश दुग्ध विकास बोर्डद्वारा स्थापित उद्योग संचालन मोडल तय हुन नसक्दा अन्योल भएको हो।
अहिले सो उद्योग संचालन मोडेलको विषयमा कुनै औपचारिक छलफल अघि बढ्न सकेको छैन । उद्योग सञ्चालनका लागि आवश्यक जनशक्ति, लागत रकम, संचालनको मोडल, कच्चा पदार्थ लगायतका विषयम मन्त्रालय र बोर्ड अन्योलमा देखिएका हुन् ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।