पोखराले ल्यायो वडाअनुसार सडक र पेट्रोल पम्पको मापदण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा महानगरपालिकाले पहिलोपटक वडा अनुसार सडकको मापदण्ड तयार गरेको छ । महानगरपालिकाको सोमबार प्रकाशित राजपत्रमा भवन तथा पूर्वाधार मापदण्ड–२०८० को परिच्छेद ४ मा वडागत सडक मापदण्डको व्यवस्था गरेको छ ।

उक्त मापदण्डअनुसार महानगरका ३३ वटै वडाका सडक स्थानीय मार्ग, शाखा मार्ग, पहुँच मार्ग, कच्ची, पक्की, ग्राभेल, पिच आदिबाट विभाजनसमेत गरेको छ ।

‘पहिले समग्र महानगरभरि एउटै खालको मापदण्ड थियो । तर, अब वडाहरुको भौगोलिक बनावटअनुसार फरक-फरक मापदण्ड हुनेछ’, महानगर नक्सा शाखा प्रमुख वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले भने, ‘यसले स्थानीयलाई सहज हुने विश्वास छ ।’वडाअनुसारको नयाँ सडक मापदण्डले व्यक्तिहरुको नाम तोकेरै सडक बर्गीकरण गरिएकाले स्थानीयले सहज रुपमा बुझ्न सक्ने महानगरको दाबी छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।