काठमाडौँ । राप्रपाले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ।
दिनै परेमा विपक्षी गठबन्धनलाई दिने गरी निर्णय भएको उनको भनाइ छ । ‘यसअघिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारलाई पार्टीले समर्थन गर्नुपरेको खण्डमा परिस्थिति हेरेर मत दिने तर सरकारमा भने नजाने निर्णय गरेको थियो’, उनले भने, ‘सोही निर्णयलाई निरन्तरता दिँदै आवश्यकताअनुसार मत दिने तर एमाले नेतृत्वको गठबन्धनलाई नदिने निर्णय भएको छ ।’
गण्डकी प्रदेशमा राप्रपा निर्णायक दल रहेको छ । सो प्रदेशमा ठुलो दलको हैसियतमा कांग्रेसले सरकार निर्माणको पहल गर्दैगर्दा राप्रपाले गरेको निर्णयले एमालेमाथि तनाव बढेको छ। यदि राप्रपा यो निर्णयमा कायमै रहेमा एमालेले आफ्नो भागमा परेको गण्डकी प्रदेश सरकार गुमाउने देखिन्छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।