रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने बाटो अवरुद्ध गरेको २४ घण्टापछि कर्फ्यू जारी गरिएको छ। ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई पक्षबिच झडप भएको हो । 

मूर्ति लैजाने विषयमा विवाद सुरु भएपछि शुक्रबारदेखि नै एसपी महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा नेपाल प्रहरीसँगै ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। आज भएको दोहरो झडपमा कैयौँ मानिसलाई चोटपटक लागेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले साँझ ५ बजेदेखि लागु हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको अनिश्चितकालक लागि कर्फ्यू आदेश जारी गरिएको बताइन् ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।