जनयुध्दका प्रथम सहिद दिल बहादुर रम्तेलको अर्धकदको शालिक अनावरण गरिएको छ । बारपाक सुलिकोट गाउपालिकामा स्थित शहिद दिलबहादुर रम्तेल स्मृति पार्कमा गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालले शहिद दिल बहादुर रम्तेलको शालिक अनावरण गर्नुभएको हो | कार्यक्रममा बोल्दै सभामुख धितालले रम्तेल जस्ता हजारौ शहिदहरुको बलिदानका कारण आज देश नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । अहिलेको उपलब्धिको मुख्य योगदान जनयुध्द रहेकाले त्यसमा सहादत प्राप्त गर्ने शहिदहरू बेपत्ता तथा घाईतेहरूलाई हामीले सदैव सम्झनुपर्ने बताउनुभयो । जनयुद्धबाट प्राप्त उपलब्धिलाई जोगाउन र यसको मर्मलाई बचाउन दिलबहादुर स्मृती पार्कले ठूलो महत्व राख्ने उहाँले अपेक्षा समेत गर्नुभयो । कतिपयलाई जनयुद्ध सपना जस्तो पनि लाग्न सक्छ, अझ भावि पुस्ताले बिर्सन पनि सक्छ, बेलैमा यसको बारेमा अभिलेख या यस्तै पार्क र सङ्ग्राहलय बनाउन अवश्यक छ-उहाले भन्नुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य तथा जिल्ला ईन्चार्ज अमर तमुले दिल बहादुर रम्तेलको योगदानलाई पार्टिले नभुल्ने बचनबद्दता व्यक्त गर्नुभयो । उहाँले जनयुद्धको झल्को दिने गरि निर्माण गरिएको यो पार्क नेपालकै उत्कृष्ट हुने विश्वास गर्नुभयो । हजारौको बलिदानबाट प्राप्त भएको उपलब्धिहरु गुम्ने खतरा बढेको बताउँदै तमुले भन्नुभयो-"फेरीपनि राजतन्त्रका अवशेषहरु सल्बलाउन थालेकाले सबै सचेत हुनुपर्ने छ ।
गाउँपालिका अध्यक्ष विष्णु भट्टले निर्माणाधिन पार्कमा जनयुद्द संग्राहलय पनि रहेको बताउनुभयो । संग्राहलयमा जनयुद्दको सुरूवात र हालको अवस्थाबारे संकेतिक प्रस्तुती राखीएको जानकारी दिनुभयो । कार्यक्रममा सहिद बेपत्ता तथा घाईते परिवार लाई सम्मान समेत गएको थियो भने बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले पनि शहिद दिलबहादुर रम्तेलको योगदान बारे चर्चा गरेका थिए ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।