सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरामा १८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार सो प्रतियोगिता गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याराथन शुभारम्भ गरेका हुन् ।

प्रतियोगितामा नेपालसहित १५ राष्ट्रका १०८ जना धावकले सहभागिता जनाएका छन् । महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १ सय २९, महिलामा २९, छात्र पाँच किमीमा ५ सय ९०, छात्रामा ४ सय ८० को जनाको सहभागिता छ । प्रतियोगितामा कुल ३१ विदेशी धावक सहभागी छन् ।

म्याराथनको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै गण्डकी प्रदेशतर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।