गरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिन संसदीय दलका नेतालाई निर्देशन दिएकी छन्।शुक्रबार संसदीय दलका नेता घनश्याम चौधरीलाई श्रेष्ठले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन निर्देशन दिएकी हुन्। पार्टी कार्यालय टीकापुरमा चैत १४ गते बसेको बैठक अनुसार संसदीय दलका नेता चौधरी सरकारबाट नबाहिरिए पार्टीको विधानअनुसार कारबाही गरिने समेत उल्लेख छ। कांग्रेस नेतृत्वकाे अल्पमत परेकाे सरकारमा नागरिक उन्मुक्ति पार्टीका पाँच सांसद मन्त्री छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।