नेपालले हङकङमा जारी त्रिकोणात्मक टी२-० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : ४५ मा मोगं कोगंमा सुरु हुनेछ ।नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो ।
एकै दिन दुई खेल खेलेको पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराएको थियो ।नेपालले पपुवा न्युगिनीविरुद्ध पहिला ब्याटिङ गर्दै १९८ रन बनाएको थियो ।नेपालका कुशल भुर्तेलले ५९ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । भुर्तेल लयमा आउनु नेपालको लागि सकारात्मक पक्ष हो । त्यस्तै सन्दीप जोराले ५६ रन बनाएका थिए । कुशल भुर्तेल प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । राम्रो अन्त्य गरेका लोकेश बम र विवेक यादवबाट पनि नेपालले ठूलो अपेक्षा गर्नेछ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।