यात्रुलाई नशालु पदार्थसहितको लड्डु सेवन गराएर लुट्ने व्यक्ति पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सार्वजनिक सवारी साधनमा हिँड्ने यात्रुहरुलाई लठ्याई लुटपाट गर्ने मनसायले नशालु पदार्थ लड्डुसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला संग्रापुर बने वर्ष ४६ का दिलिप पटेललाई छन् ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले चेकजाँच गर्नेक्रममा पोखरा महानगरपालिका वडा नं. ९ स्थित बसपार्कबाट उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि यसअघि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई नशालु पदार्थ सेवन गराई लुटपाट गरेको आरोप छ ।

सोही सूचनाका आधारमा निगरानी गरेको र अहिले उनी नशालु पदार्थ राखिएको लड्डुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्वकाे कसुरमा ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।