यी ७ सांसदले गर्दैछन् सहकारीको छानबिन, सूर्य थापा सभापति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सहकारी समस्याबारे अध्ययन गर्न ७ सदस्यीय संसदीय छानबिन समिति बनेको छ। प्रतिनिधि सभाको बैठकबाट ७ सदस्यीय समिति घोषणा गरिँदै छ। समितिको कार्यावधि ३ महिना हुने भएको छ। समितिको सभापति नेकपा एमालेका अध्यक्ष सूर्य थापा चयन भएका छन्।

समितिमा कांग्रेसका सांसदहरू बद्री पाण्डे र ईश्वरी देवी न्यौपाने, सत्तारूढ एमालेबाट सूर्य थापा र सरिता भुसाल, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकले समिति घोषणा गरेको हो। संघीय संसदको संयुक्त बैठकमा सरकारका तर्फबाट अर्थमन्त्रीले बजेट प्रस्तुत गरेपछि प्रतिनिधि सभाको बेग्लै बैठक बसेको थियो। सोमबार बेलुका साढे तीन घण्टा प्रधानमन्त्रीको रोहबरमा बालुवाटारमा बसेको कार्यदलको बैठकले समझदारी जुटाएको कार्यादेशलाई मंगलबार बैठक बसेर अन्तिम रूप दिइएको हो। 

 
 
 
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।